Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारी अस्पतालमा कार्यरत देशभरका डाक्टरद्वारा आकस्मिक बाहेकका सेवा बहिष्कार


  • बुधबार, फाल्गुन १५ २०७५

  • सरकारी अस्पतालमा कार्यरत  देशभरका डाक्टरद्वारा आकस्मिक बाहेकका सेवा बहिष्कार

    काठमाडौं – आजबाट सरकारी अस्पतालमा कार्यरत देशभरका डाक्टरहरुले आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गरेका छन् । यता डाक्टरहरुको आन्दोलनका कारण बिरामीहरु मर्कामा परेका छन् ।
    काठमाडौंका वीर, टिचिङ, कान्ति, ट्रमा सेन्टर, टेकुलगायतका अस्पतालहरुले ओपीडीको टिकट काटेका छैनन् । उपत्यका बाहिरका अस्पतालहरुमा पनि आकस्मिकबाहेकका सेवा ठप्प छ ।
    कर्मचारी समायोजन विधेयकको विरोध गर्दै सरकारी चिकित्सक संघले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । सबै सरकारी डाक्टरहरुलाई संघ मातहत राख्नुपर्ने माग उनीहरुको छ ।
    देशभर करिब १४ सय सरकारी डाक्टर छन् । उनीहरुले स्वास्थ्य सेवा दिवस मनाउने आजको कार्यक्रम पनि बहिष्कार गरेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभरमा केन्द्रिय, प्रदेशस्तरका, जिल्ला स्तरका र स्थानीय तहका गरी १ सय ६० अस्पताल छन्। यसका साथै २ सय २ वटा प्राथमिक स्वास्थ्य केन्द्र र झण्डै ४ हजार स्वास्थ्य चौकी रहेका छन्। सबै गरेर देशभर ४ हजार २ सय ८२ स्वास्थ्य संस्था छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij