काठमाडौं– आज बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ।
संसदीय सुनुवाइ विशेष समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको हो। आजको बैठकमा थारु आयोग र मधेशी आयोगका प्रस्तावित अध्यक्षको सुनुवाइका लागि कार्यसूची तय गरिएको थियो ।
संवैधानिक परिषद्ले मधेशी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको थियो।
यसअघिको बैठकमा सुनुवाइ भएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा प्रस्तावित बालनन्द पौडेल र राष्ट्रिय समावेशी आयोगमा प्रस्तावित शान्तराज सुवेदीको विषयमा पनि आजको बैठकले अनुमोदन गर्ने तयारी गरेको थियो। तर बैठक नै स्थगित भएपछि त्यो विषयमा पनि आज निर्णय हुन सकेन।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
