काठमाडौं– कर्मचारी समायोजनमा चिकित्सकलाई संघमा राख्नु पर्ने माग राख्दै आन्दोलनरत सरकारी चिकित्सक संघ ( गोदान)ले माग सम्बोधनको लागि सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
आइतबारदेखि लागू गरिएको अल्टिमेटममा ७२ घण्टा सम्ममा पनि माग पूरा नगरिए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने, त्यसपछि पनि माग सम्बोधन नगरिए सामूहिक राजीनामा दिने जनाइएको छ ।
कर्मचारी समायोजनमा सरकारी चिकित्सकलाई संघ अन्तर्गत राखेर देशभर स्वास्थ्य सेवामा खटाउनु पर्ने सरकारी चिकित्सक संघको माग रहेको छ ।
चिकित्सकहरुले पुसको अन्तिम सातादेखि आन्दोलन सुरु गरेका हुन् । पुष २९ गते सरकार र संघबीच वार्ता हुँदा माग पूरा गर्ने भन्दै ७ हुँदे सहमति भएको थियो ।
तर सहमतिअनुसार माग पूरा नभएको भन्दै माघ २७ गतेदेखि सरकारी चिकित्सक संघले दोस्रो आन्दोलन सुरु गरेको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
