Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फागुन १७ गते महिला उद्यमशिलता सम्मेलन हुँदै


  • शुक्रबार, फाल्गुन १० २०७५

  • फागुन १७ गते महिला उद्यमशिलता सम्मेलन हुँदै

    काठमाडौं– नेपाल युवा उद्यमी मञ्च र अमेरिकी दूतावास अन्तरर्गत नेपाल अमेरिकी एलुमनाई नेटवर्कले संयुक्त रुपमा
    काठमाडौमा महिला उद्यमशिलता सम्मेलन आयोजना गर्ने भएको छ ।
    उक्त सम्मेलन फागुन १७ गते हुने आयोजक संस्थाले जनाएको छ ।
    नेपालको कृषि, उत्पादनमूलक उद्योग, जलविद्युत लगायत उद्यमशिलताको विविध क्षेत्रहरुमा संलग्न महिला उद्यमीहरुको मेहेनत, संघर्ष तथा सफलताको कथा प्रस्तुत गर्ने मुख्य उदेश्य सहित संचालन हुन लागेको यस सम्मेलनको थिम ‘ कनेक्ट ’ ‘ कोल्यारोब्रेट ’ ‘ क्रेट’ रहेको छ।
    उद्यमशिलताको क्रममा विशेषगरी महिलाले भोग्नु परेको समस्या तथा विषयहरुलाई उठान तथा प्रदर्शित गर्ने ढंगले कार्यक्रमका शत्रहरु विकाश गरिएको छ। सम्मेलनमा उपस्थित हुने सहभागिको ज्ञान, शिप, तथा क्षमता अभिवृद्धी गराउने उदेश्यका साथ अन्य विभिन्न शत्रहरु पनि सम्मेलनमा समावेस गरिएको छ।
    सम्मेलनले विषेशगरि स्टार्टअप उद्यमी, विद्यार्थीहरु, विभिन्न पेशा व्यवसायसंचालन गरिरहेका व्यवसायीक महिलाहरु तथा महिला उद्यमीहरुलाई लक्षित गरेको आयोजकले जनाएको छ।
    कार्यक्रममा करिव २ सय जनाको उपस्थिती हुने आयोजकको अनुमान छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij