Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रभु बैंकको एक्स्टेन्सन काउन्टर अमलेखगञ्जस्थित नेपाल आयल निगममा


  • शुक्रबार, फाल्गुन १० २०७५

  • प्रभु बैंकको एक्स्टेन्सन काउन्टर अमलेखगञ्जस्थित नेपाल आयल निगममा

    काठमाडौं– बारा जिल्लाको अमलेखगञ्जस्थित नेपाल आयल निगल लिमिटेडको परिसरमा प्रभु बैंकको बिरगञ्ज शाखा कार्यालयको एक्स्टेन्सन काउन्टर स्थापना भई संचानमा आएको छ ।
    उक्त एक्स्टेन्सन काउन्टरको नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिप कुमार यादवले उद्घाटन गरेका छन् ।
    कार्यक्रममा नेपाल आयल निगम अमलेखगञ्जका क्षेत्रीय प्रमुख प्रदिप कुमार यादवले एक्स्टेन्सन काउन्टरले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न सहज हुने बताए ।
    उक्त कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित नेपाल आयल निगमको ईन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई मध्येनजर गरी बैंकले एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको बताए ।
    अब हरेक पेट्रोलियम व्यवसायीले नगद बोकेरै आउनु नपर्ने, प्रभु बैंकको जुनसुकै शाखा कार्र्यालयबाट नेपाल आयल निगम अमलेखगञ्जको खातामा निःशुल्क रुपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्न सकिने व्यवस्था बैंकले मिलाएकोले सम्पूर्ण पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुलाई कारोबारमा सहज हुने जानकारी गराए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij