काठमाडौं -महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धी सम्झौता सम्पन्नभएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सको तर्फबाट प्रमूख कार्यकारी अधिकृत रमेश कूमार भट्टराईले हस्ताक्षर गरे ।
सम्झौताअनूसार महालक्ष्मी विकास बैंकले देश भर रहेका आफ्ना १०१ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्ने छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
