Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाठकमाथि अनुसन्धान गर्न ३ सदस्यीय छानविन समिति गठन


  • मंगलबार, फाल्गुन ७ २०७५

  • पाठकमाथि अनुसन्धान गर्न ३ सदस्यीय छानविन समिति गठन

    काठमाडौं– ७८ लाख घुस काण्डमा मुछिएका पूर्वआयुक्त राजनारायण पाठकमाथि छानविन गर्न अख्तियार दुरुपयोेग अनुसन्धान आयोगले ३ सदस्यीय छानविन टोली गठन गरेको छ ।
    आयोगको मंगलबार बसेको बैठकले अख्तियारका सहसचिवको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको आयोगले जनाएको छ ।
    अनुसन्धान गर्ने टोलीको नाम भने गोप्य राखिएको छ ।
    पूर्वआयुक्त पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको सार्वजनिक भएपछि राजीनामा दिएका थिए । पाठकमाथि सत्तारुढ दल नेकपाले महाभियोग लगाउने तयारीसँगै उनले गत फागुन ३ गते राष्ट्रपति समक्ष राजीनामा दिएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij