Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एसबीआई बैंक र ह्याम्स अस्पतालबीच सम्झौता


  • आइतबार, फाल्गुन ५ २०७५

  • एसबीआई बैंक र ह्याम्स अस्पतालबीच सम्झौता

    काठमाडौं – नेपाल एसबीआई बैंक र हस्पिटल अफ एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) बीच बैंकका ग्राहकलाई अस्पतालमा विभिन्न छुट सुविधान दिने सम्बन्धमा सम्झौता भएको छ।
    सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कानुन्गो र अस्पतालका अध्यक्ष रामशरण भडारी, बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक अनुकुल भटनागर, सिएफओ प्रिय रञ्जन, डा. भगवान कोइराला, डा. अर्जुन कार्की, डा.भाष्करराज पन्तलगायतले हस्ताक्षर गरेका छन्।
    सम्झौता अनुसार बैंकका कार्डबाहक ग्राहकले ह्याम्स अस्पतालमा उपचार गर्दा बैंकबाट जारी कार्डबाट बिल भुक्तानी गर्दा कुल बिलमा १० प्रतिशत र अस्पतालको हातामा रहेको फार्मेसीको बिलमा पाँच प्रतिशत छुट पाउने छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij