Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माछापुच्छ्रे बैंकको थप ५ शाखा रहित बैंकिङ सेवा संचालनमा


  • शुक्रबार, फाल्गुन ३ २०७५

  • माछापुच्छ्रे बैंकको थप ५ शाखा रहित बैंकिङ सेवा संचालनमा

    काठमाडौं– माछापुच्छ्रे बैंकले एकैपटक चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा ५ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।
    बैंकले चितवनको इच्छाकामना गाउँपालिका स्थित फिस्लिङमा, तनहुँको म्याग्दी गाउँपालिका स्थित तार्पुमा, लमजुङको मध्यनेपाल नगरपालिका स्थित दुइपिप्लेमा, बागलुङको काठेखोला गाउँपालिका स्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटी, पिपलबोटमा शाखा रहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो।
    बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत सेवा पुर्याउँदै आएको छ। यीसहित हालसम्म ६१ शाखा रहित बंैकिङ्ग सेवा संचालन भइसकेको बैंकले जनाएको छ।
    शाखारहित केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था रहेको बैंकले जनाएको छ। बैंकले नेपालमै पहिलो पटक तुरुन्त ९रियल टाइममा० खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ।

    बैंकका देशभर ९३ वटा शाखा, ११४ वटा एटीएमहरु सञ्चालनमा छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij