Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विशेष अदालतले माग्यो सिक्टा सिंचाईका तत्कालिन प्रमुख कार्कीसँग १ करोड १० लाख धरौटी


  • सोमबार, माघ २८ २०७५

  • विशेष अदालतले माग्यो सिक्टा सिंचाईका तत्कालिन प्रमुख कार्कीसँग  १ करोड १० लाख धरौटी

    काठमाडौं -सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा लगाएका तत्कालिन आयोजना प्रमुख दिलिप बहादुर कार्कीसँग विशेष अदालतले १ करोड १० लाख धरौटी माग गरेको छ।
    विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी सदस्य न्यायाधीशहरू प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले मागेको १ करोड १० लाख रूपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएर आजै उनी थुनामुक्त भएका छन्।
    नेपाल बंगलादेशको वैंक ग्यारेण्टी बुझाएपछि उनलाई तारेखमा छोडिएको विशेषका प्रवक्ता पुष्प पाण्डेले बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij