डढेलधुरा- डढेलधुराको नवदुर्गा गाउँपालिकामा प्रभु बैंकले शाखा कार्यालय संचालनमा ल्याएको छ।गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले नवदुर्गा शाखा कार्यालयको उद्घाटन गरे। सो क्रममा डढेलधुरा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ डडेलधुराका पदाधिकारीहरु, व्यापारी लगायतको उपस्थिति थियो।
संघीय संरचना बमोजिम सबै स्थानीय तहमा बैंकहरुले शाखा कार्यालय सञ्चालनमा ल्याउने उद्देश्यले सो शाखा खोलिएको बैंकले जनाएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
