Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विदेशबाट फर्कनेहरुले ल्याउने सामानमा कडाई


  • शुक्रबार, माघ २५ २०७५

  • विदेशबाट फर्कनेहरुले ल्याउने सामानमा कडाई

    काठमाडौं– सरकार विदेशबाट फर्कनेहरुले ल्याउने सामानमा कडाईका साथ कार्यान्वयनमा उत्रिएको छ । सोमबारमात्र सरकारले विदेशबाट फर्केका नेपालीहरुले बढी परिणाममा ल्याएको सामान बिक्रीका लागि सुचना निकालेको छ ।
    सरकारले २०७३ साउन १ गतेदेखि लागू हुने गरी नीजि गुण्टा तथा झिटी भारी सम्बन्धी सूचना जारी गरेको थियो । यसमा कुन सामान ल्याउँदा छुट र कुनमा कति महसुल लाग्छ भनेर स्पष्ट भनिएको छ । त्यसपछि गत जेठमा एउटा बुँदा परिमार्जन गरेर पुन सूचना जारी गरेको थियो विदेशबाट फर्कदा एकमा लुगाफाँटा, घरगृहस्थीका सामान, उपचार गरेर फर्केको विरामीले ल्याएको औषधी, अशक्त यात्रुले साहाराका रुपमा प्रयोग गर्ने सामान, ट्याबलेट, ल्यापटप, घडी, क्यामेरा, भिडियो, सेलुलर, फेन ड्राइभ जस्ता सामान एकरएक थान ल्याउँदा पूर्ण छुट हुनेछ भनिएको छ । यसमा यात्रुले कुनै भन्सार महसुल तिर्नुपर्ने छैन । एक लिटरको मदिराको बोतल र सातकिलो ग्रामसम्मको खाद्य परिकारमा पनि भन्सार महसुल लाग्ने छैन ।
    तर, कस्मेटिक, जुत्ता, लुगाफाटामा बढीमा १५ थानसम्म ल्याउन पाइनेछ तर यसमा समदर महसुल तिर्नुपर्नेछ । सुन पहिलो पचास ग्रामसम्म प्रति १० ग्रामको ५ हजार दुई सय रुपैयाँ, पचासग्राम भन्दा बढी थप ५० ग्राममा प्रति दश ग्रामको ६ हजार रुपैयाँ भन्सार महसुल लाग्नेछ ।
    त्यसैगरी विदेश जाँदा सौगातको रुपमा ५० हजार रुपैयाँसम्मको मालसामानमा कुनै महसुल नलगाइ लैजान पाइनेछ । तर मूलय अभिबृद्धि लाग्ने सामानमा भने स्थायी लेखा नम्बर भएको बीजक पेश गरेमा मूल्यको सिमा बन्देज लागु हुनेछैन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij