Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मेगा बैंकको एकै दिन १८ वटा नयाँ शाखा सञ्चालनमा


  • सोमबार, माघ २१ २०७५

  • मेगा बैंकको एकै दिन १८ वटा नयाँ शाखा सञ्चालनमा

    काठमाडौं– मेगा बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा थप १८ वटा नयाँ शाखा स्थापना गरेको छ ।
    बैंकले एकैदिन ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको आइतबार उद्घाटन गरिएको हो।
    तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोट शाखामा आइतबारबाट औपचारिक कारोबार शुभारम्भ भएको छ।
    भानु नगरपालिकाका मेयर उदयराज गौलीले भानु शाखा, सैनामेना नगरपालिका मेयर चित्रबहादुर कार्कीले सैनामैना शाखा, लहान नगरपालिकाका मेयर मुनी साहले लहान शाखा र भीरकोट नगरपालिकाका मेयर छायाँराम खनालले भीरकोट शाखाको उद्घाटन गरे।
    त्यस्तै शाखा विस्तार भएका अन्य गाउँपालिकामा धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको हेलम्बु, इन्द्रावती र पाँचपोखरी, सर्लाहीको रामनगर, सिराहाको विष्णुपुर, धनुषाको लक्ष्मीनियाँ, पाँचथरको कुमायक, इलामको रोङ, ओखलढुंगाको खिजिदेम्बा, उदयपुरको रौतामाई, बर्दियाको गेरुवा, प्युठानको ऐरावती रहेका छन्।
    सम्बद्ध गाउँपालिकाका अध्यक्षले ति शाखाको उद्घाटन गरे। यसअघि गत बिहीबार धादिङको ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा खुलेको छ।
    ‘ग्रामीण भेगका जनतालाई बैंकिङ सेवा पुर्याउने नेपाल सरकारको योजना अनुरुप दुरदराजमा सेवाहरुलाई विस्तार गरिरहेको बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन्। ‘हामीले नयाँ शाखा विस्तारसँगै गुणस्तरीय बैंकिङ सेवालाई पनि प्राथमिकतामा राखेका छौँ’ उनले भनिन्।
    हाल मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएमको सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij