काठमाडौं– काठमाडौंको शंकरापुर नगरपालिका–१ नाङ्लेभारेस्थित चापाकोटको एक घरमा जुवा खेलीरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा शंकरापुर नगरपलिका–१ स्थायी घर भएका खड्ग बहादुर भुजेल, सिताराम रिमाल, बखान तामाङ, बुद्धमान लामा, ज्ञान बहादुर तामाङ, प्रयत्न तामाङ, बिजय तामाङ, कृष्ण बहादुर थिङ, उदय लामा, हेम बहादुर बस्ताकोटी, प्रेम कुँवर र राजाराम बस्ताकोटी रहेका छन् ।
जुवा खालबाट ८१ हजार ८ सय नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
नाङ्लेभारेबाट खटिएका प्रहरी नायब निरीक्षक (सई) गेहेन्द्र बहादुर बस्नेतको कमाण्डको टोलीले जुवा खेल्दै गरेका एक दर्जन जुवाडेलाई नियन्त्रणमा लिएको हो । उनीहरुबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
