काठमाडौं– ग्लोबल आइएमई बैंकले कर्मचारी लक्षित ‘ग्लोबल आइएमई प्रोफेशनल कर्जा’ सञ्चालनमा ल्याएको छ ।
विभिन्न पेशामा आवद्ध कर्मचारीलाई लक्षित गरि बैंकले सञ्चालनमा ल्याएको ‘प्रोफेशनल लोन’ अन्र्तगत सेवाग्राहीले बिना धितो १५ लाख सम्म ऋण प्राप्त गर्न सक्नेछन्।
सरल मासिक किस्ताबन्दीमा ५ वर्षसम्मको लागि प्रदान गरिने यो कर्जाले आफ्नो पेशा व्यवसायको साथसाथमा अन्य कुनै क्षेत्रमा लगानी गर्न चाहनेलाई सहयोग गर्ने बैंकको भनाइ छ।
बैंकका देशभरि १३३ शाखा, १५ राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
