काठमाडौं– ललितपुरको कुपण्डोलमा मुक्तिनाथ विकास बैंकले आफ्नो शाखा विस्तार गरेको छ ।
उक्त शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका छन् । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि महर्जनले बैंकिङ्ग कारोवारमा सहज र सरल हुनुपर्नेमा जोड दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले स्वागत र बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल , फ्रेण्डस् क्लवका अध्यक्ष राजीवराज पौडेलले बैंकको सफलताको शुभकामना दिएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
