Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेविसंघद्धारा सरकारका काम कारवाही र निर्णयको विरोध गर्दै प्रदर्शन


  • बुधबार, माघ ९ २०७५

  • नेविसंघद्धारा सरकारका काम कारवाही र निर्णयको विरोध गर्दै प्रदर्शन

    काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा सरकारका काम कारवाही र निर्णयको विरोध गर्दै प्रदर्शन गरेको छ ।
    बुधबार दिउँसो राजधानीको माइतीघर मण्डलामा नेविसंघका कार्यकर्ताहरु भेला भएर र्यालीसहित बबरमहल हुदै नयाँ बानेश्वर पुगेका थिए । उक्त र्याली बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।


    प्रदर्शनमा सहभागीहरुले ३३ किलो सुन काण्डका अपराधी सरकारले नै लुकाएको, नेवाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी घोटलामा सरकारी संलग्नतालाई ढाकछोप गरेको, प्रसाइलाई उकास्न केसीलाई मार्न खोजेको हो ? भन्ने लगायतका १४ प्रश्नसहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij