काठमाडौं– सप्तरीमा प्रहरी इन्काउन्टरमा बुधबार बिहान एक जनाको मृत्यु भएको छ ।
प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दिपेन्द्र जयसवल भन्ने दीपेन्द्र चौधरी मारिएका हुन् ।
प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीतर्फबाट पनि फायरिङ भएको थियो । सो क्रममा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरीमाथि २ गोली लागेको छ ।
एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
