काठमाडौं- काठमाडौंको गोंगबुमा गोली चलेको छ। गोंगबुमा हतियार कारोबारी भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि जाइलागेको भन्दै प्रहरीले गोली चलाएको हो।
मंगलबार अपरान्ह एक गेष्ट हाउसमा रहेका अभिलाश तामाङ नामका व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो।
तामाङको खुट्टामा गोली लागेको प्रहरीले बताएको छ।
उनको साथबाट प्रहरीले एउटा पेस्तोल बरामद गरेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
