काठमाडौँ– अनसनरत प्रा.डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालको वार्डबाट अस्पतालकै गणेमान सिंह भवनमा सारिएको छ । स्वास्थ्य अवस्था सामान्य बन्दै गए पछि डा.केसीलाई नाँक—काँन—घाँटी विभागमा सारिएको हो ।
१५ औं अनसनमा सरकार र केसी बीच भएको सहमति कार्यान्वयन नभएको भन्दै केसीले इलाममा एक सर्वसाधरणको घरमा पुस २५ गते अनसन थालेका थिए ।
तर अनसन थालेको ३ दिनमानै डा. केसीको स्वास्थ्यमा समस्या देखिएको थियो ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि गएको शुक्रबार बिहान ३ बजे त्रिवि शिक्षण अस्पतालमा ल्याएर उपचार सुरु गरिएको थियो ।
.
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
