Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज प्रधानमन्त्री स्विजरल्यान्ड जाँदै


  • आइतबार, माघ ६ २०७५

  • आज  प्रधानमन्त्री स्विजरल्यान्ड जाँदै

    काठमाडौं– आज प्रधानमन्त्री केपी शर्मा ओली स्विजरल्यान्ड जाँदैछन् । स्विजरल्यान्डको डाबोसमा हुन गइरहेको वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।
    टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत १९ सदस्य सहभागी रहनेछन् ।
    प्रधानमन्त्री ओलीको सचिवालयले जनवरी २२–२५ सम्म हुने सम्मेलनमा सहभागिताका लागि ओली आज त्यसतर्फ जान लागेको बताएको छ ।
    टोली सम्मेलन सकाएर माघ १२ मा स्वदेश फर्कने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij