Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बलात्कार घटनामा संलग्न मुख्य अभियुक्त पक्राउ


  • आइतबार, माघ ६ २०७५

  • बलात्कार घटनामा संलग्न मुख्य अभियुक्त पक्राउ

    दाङ–सामूहिक बलात्कारको घटनामा सर्वोच्च अदालतवाट २०७२ फागुन ३० गतेको फैसला अनुसार ९ वर्ष ११ महिना २ दिन कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना तोकी फरार रहेका मुख्य अभियुक्त बिजौरी गाबिस-५ घर भई हाल तुलसीपुर उप-महानगरपालिका-१८ बस्ने ३१ वर्षीय विष्णु चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
    गत २०६५ चैत १५ गते महेन्द्र वहुमुखी क्याम्पस घोराहीमा प्लस टु मा अध्ययनरत १७ वर्षीया किशोरीलाई नसालु पदार्थ खुवाई सामूहिक बलात्कार पश्चात ८४औं दिनमा किशोरीको मृत्यु भएको घटनामा संलग्न मुख्य अभियुक्त चौधरीलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा तुलसीपुर उपमहानगरपालिका-१८ मा फेला पारी पक्राउ गरेको हो । साथै उक्त घटनामा संलग्न अन्य ६ जनाले यसअघि सजाय भुक्तान गरेको र घटनामा संलग्न फरार रहेका मोहन पुनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij