पर्वत-पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबार बिहान भएको मिनिबस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पर्वत प्रहरीका अनुसार दुर्घटनास्थलमै तीन र उपचारका क्रममा चारजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङका टिके परियार र उनकी श्रीमती सेती परियार, सोही ठाउँकी शान्ती महत, म्याग्दीको पाखापानीका राजेश पुन र विष्णुमाया पुनको पहिचान खुलेको छ । त्यस्तै बागलुङको कु्ँडुलेकी शान्ती केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये एकजना पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
http://rastrapukar.com/17/71308/2019/
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
