काठमाडौं– काठमाडौं महानगरपालिका-२६ रानीबारीबाट चोरी गरेका विभिन्न सामान सहित गोरखा बारपाक-५ बस्ने २३ वर्षीय दिलबहादुर घले र चितवन भरतपुर महानगरपालिका-११ बस्ने २१ वर्षीय सनथ लामिछानेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२६ गल्कोपाखा डेरा गरी बस्ने महेन्द्र दवाडीको कोठाबाट मंगलबार बिहान बिभिन्न सुनका गरगहना र अन्य सामानहरु चोरी भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई दिलबहादुर घलेको मामा बिबेक घलेको कोठामा चोरी गरेका सामान लुकाई छिपाई राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट सुनको हार १ थान, औंठी २ थान, सिक्री १ थान, तिलहरी १ थान, लकेट १ थान, मंगलसुत्र १ थान, स(साना पाता टुक्रा ५ थान, मोबाइल ३ थान, मोबाईल चार्जर ३ थान र एयरफोन ४ थान बरामद गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
