Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026


  • बुधबार, माघ २ २०७५

  • कैलाली– कुटपिट गरी बन्धक बनाईराखेको अवस्थामा कैलाली गोदावरी नगरपालिका-६ तेघरी घर भई धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीस्थित होटल जलसामा हेल्परको काम गर्ने १७ वर्षीय बशन्त भाटलाई प्रहरीले उद्दार गरेको छ ।
    उनलाई बन्धक बनाउने कार्यमा संलग्न डोटी पूर्वी गाउँपालिका-२ फुलौट बस्ने २१ वर्षीय चक्र खड्का, कैलाली धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी बस्ने १९ वर्षीय कुन्दन जोशी र कैलाली धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी बस्ने १९ वर्षीय हर्केश बागलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
    सोही होटलमा काम गर्ने चक्र खड्का समेत ६ का जनाले कुटपिट गरी जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरी लगेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा बशन्त भाटलाई बन्धक बनाई राखि कुटपिट गरेको अवस्थामा फेला पारेको हो । साथै प्रहरीले उनीहरुको साथबाट से। ७ प ३४४५ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल समेत बरामद गरेको छ ।
    घटनाम संलग्न अन्य फरार अभियुक्तको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij