काठमाडौं– चोरी भएको बा.७२ प ५९७६ नम्बरको मोटरसाइकल सहित भक्तपुर सूर्यविनायक बस्ने सर्लाही लालबन्दी नगरपालिका-४ का १८ वर्षीय सुजन बिकलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीमा सवारी साधन जाँच गर्ने क्रममा शनिबार राति सूर्यबिनायक नगरपालिका-६ बाग्मती क्लब नजिकबाट हराएको राजु श्रेष्ठको उक्त मोटरसाइकल बिकले जडिबुटीतर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
