Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारले समृद्ध देश निर्माणको धरातल निर्माण गर्ने काम गरिरहेको छ – मन्त्री विष्ट


  • आइतबार, पुष २९ २०७५

  • सरकारले समृद्ध देश निर्माणको धरातल निर्माण गर्ने काम गरिरहेको छ – मन्त्री विष्ट

    पोखरा– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘सडक, रेल, सिँचाइ, जलस्रोत, केबलकारलगायत मुलुकको समग्र विकासका लागि अवधारणा बनाएर अघि बढ्ने प्रयत्न सरकारले गरिरहेको छ ।’
    प्रेस सङ्गठन नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘पाँच वर्षभित्रमा सरकारले जनताबीच गरेका प्रतिबद्धता पूरा गर्ने तयारीका साथ काम गरेको छ, त्यसका लागि अहिले हामीले फाउण्डेशन ९धरातल० तयार गरिहेका छौँ, समय लाग्ला तर सरकारले परिणाम दिएरै छाड्छ ।’
    उनले सार्वजनिक, सहकारी र निजी क्षेत्रबाट रोजगारीका अवसर सिर्जना गरी देशमा व्याप्त बेरोजगारी समस्या समाधान गरिने उल्लेख गर्दै आम्दानीको स्रोत नभएका परिवारका सदस्यले काम गर्ने चाहना राख्दा पनि काम दिन नसके त्यस्ता परिवारलाई वर्षमा ५० दिन बराबरको निर्वाह भत्ता सरकारले उपलब्ध गराउने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij