Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रुपन्देहीमा प्रहरी र तस्कर बीच भीडन्त हुँदा एकको मृत्यु


  • आइतबार, पुष २९ २०७५

  • रुपन्देहीमा  प्रहरी र तस्कर बीच भीडन्त हुँदा  एकको मृत्यु

    रुपन्देही – रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा तस्कर र प्रहरीबीचको दोहोरो फायरिङका क्रममा प्रहरीको गोली लागेर एकको मृत्यु भएको छ ।
    गएराति साढे १२ बजे तस्कर नियन्त्रण गर्न सादा पोसाकमा खटिएका प्रहरीले तस्करलाई नियन्त्रणमा लिन खोज्दा मुठभेट भएको हो ।
    भारतीय मोटरसाईकल युपी ५३ एच २०२८ मा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनिहरुले प्रहरीमाथि नै गोली चलाएको प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय का अनुसार मुठभेडका क्रममा प्रहरीको जवाफी फायरिङमा गोली लागेर घाइते भएका एक तस्करलाई भैरहवा मेडिकल कलेजले राति १ बजे मृत घोषणा गरेको थियो । एक तस्कर फरार भएका छन् ।
    उनको शव हाल पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ ।
    गस्तीमा खटिएका प्रहरी जवान कृष्ण श्रेष्ठको बायाँ हातमा गोली लागेको छ ।
    प्रहरीले घटनास्थलबाट भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल र एक थान पेस्तोल बरामद गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij