काठमाडौं– सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वहरुको मर्यादाक्रम तोकेको छ ।
मन्त्रिपरिषद्को हालैसम्पन्न बैठकले मर्यादाक्रमको टुंगो लगाएको छ । यसअघि मर्यादाक्रम तलमाथि परेको भन्दै प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले गुनासो गर्दै आएको अवस्थामा सरकारले सो गुनासोको सम्बोधन स्वरुप नयाँ मर्यादाक्रम तय गरेको छ ।
जसअनुुसार पहिलो मर्यादाक्रममा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रदानमन्त्री रहनेछन् । यस्तै चौथो मर्यादाक्रममा प्रतिनिधिसभामा सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश रहनेछन् ।



""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
