Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

परराष्ट्र मन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच नयाँ दिल्लीमा भेटवार्ता


  • बिहिबार, पुष २६ २०७५

  • परराष्ट्र मन्त्री  ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच नयाँ दिल्लीमा भेटवार्ता

    काठमाडौं– भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र समकक्षी सुष्मा स्वराजबीच नयाँ दिल्लीमा भेट भएको छ।
    भेटवार्तामा उनीहरूबीच नेपाल भारत सहकार्यमा भइरहेका विभिन्न परियोजनाको प्रगतिबारे कुराकानी भयो। दुई मन्त्रीबीच नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक उपयुक्त समयमा कठमाडौंमा गर्ने सहमति भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
    भेटपछि भारतीय समकक्षी स्वराजले आफ्नो सम्मानमा आयोजना गरेको दिवाभोज मन्त्री ज्ञवाली सहभागी भएका थिए।
    नयाँ दिल्लीमा भइरहेको राइसेना डायलगमा भाग लिन मन्त्री ज्ञवाली बिहीबार बिहान भारत गएका हुन्।
    मन्त्री ज्ञवाली शुक्रबार स्वेदश फर्कने कार्यक्रम छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij