Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूका हरेक गतिविधि विधिसम्मत र पारदर्शी हुनुपर्छ -प्रधानमन्त्री


  • बुधबार, पुष २५ २०७५

  • स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूका हरेक गतिविधि विधिसम्मत र पारदर्शी हुनुपर्छ -प्रधानमन्त्री

    काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई राजनीतिकरण नगर्न सचेत गराएका छन्।
    मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूका हरेक गतिविधि विधिसम्मत र पारदर्शी हुनुपर्ने आवश्यकता पनि औंल्याए।
    प्रधानमन्त्री ओलीले राजनीतिकरणकै कारण कतिपय संस्थाहरू धरासायी भएको उल्लेख गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई राजनीतिक पीडित हुन नदिन पनि मातहतका निकायलाई कडा निर्देशन दिए।
    शिक्षण संस्थाहरूलाई जनताको साझा संस्थाको रूपमा विकास गर्न पनि त्यहाँको हरेक गतिविधि पारदर्शी हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
    प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठानको सरुवा, बढुवालगायतको काममा पनि पारदर्शीता आवश्यकता रहेको औंल्याए।
    बैठकमा प्रतिष्ठानका उपकूलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले प्रतिष्ठानका लागि ५ सय विघा जग्गाको व्यवस्था गरिदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेकी थिइन्।
    प्रधानमन्त्री ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गालगायतका समस्या तत्काल समाधान गर्ने आश्वासन दिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij