काठमाडौं– प्रहरीले बाहिर सक्कली डलर र भित्र कागजको बिटा राखेर ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग, गोंगबुको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुलीका कुमसिंह घिसिङ र प्रेमबहादुर तामाङ छन् ।
अनुसन्धानमा खटिएका अधिकारीहरुका अनुसार उनीहरुले सक्कली डलर हो भनेर मानिसहरुलाई झुक्काएर रकम असुली गर्दै आएका थिए ।
उनीहरुले हालसम्म२० लाखभन्दा बढी ठगी गरिसकेको खुलेको प्रहरीको भनाइ छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
