काठमाडौं -सेञ्चुरी कमर्सियल बैंक र ब्लुक्रस अस्पतालबीच सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र अस्पतालका कार्यकारी ब्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकको खातावाला, क्रेडिट र डेबिट कार्डवाहक ग्राहक तथा शयेरधनीले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जाँचमा १२ प्रतिशत सम्म छुट पाउनेछन् ।
हाल बैंकको उपत्यकामा १३ शाखा ६ एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९६ शाखा र २ एक्स्टेन्सन काउन्टर छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
