Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ग्लोबल आइएमई बैंक र भ्याली हस्पिटलबीच सम्झौता


  • बिहिबार, पुष १९ २०७५

  • ग्लोबल आइएमई बैंक र भ्याली हस्पिटलबीच सम्झौता

    काठमाडौ -ग्लोबल आइएमई बैंक र काठमाडौं भ्याली हस्पिटलबीच सम्झौता भएको छ।

    उक्त सम्झौतामा  हस्पिटलका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार श्रेष्ठ र बैंकका कार्ड बिक्री, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका थिए ।

    सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन्।

    हाल बैंकका १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ११५ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि-सम्पर्क कार्यालय छन।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij