Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ विजेता बनिन् मोरङकि रुना धिमाल


  • बिहिबार, पुष १९ २०७५

  • सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ विजेता बनिन् मोरङकि रुना धिमाल

    काठमाडौ -सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजनाको उपहार मोरङकी रुना धिमालले पाएकी छन्।

    योजना अवधिमा साउदी अरबको अरब नेशनल बैंक, टेलिमनिबाट पैसा पठाई तेस्रो महिनाको मासिक लक्की ड्र«मा उनको नाम छनौट भएको हो। विजेता धिमालले नगद एक लाख रुपैयाँ प्राप्त गरेकी छन्। सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोह बिच उक्त नगद पुरस्कार हस्तान्तरण गरियो।

    यस उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत १ हजार ८० जनाले २ सय रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले १० हजार रुपैयाँ र २ जनाले एक लाख रुपैयाँ जितिसकेका छन्। विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो।

    उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij