Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सानिमा बैंकको आँखा बिरामीलाई निशुल्क औषधि तथा चस्मा


  • सोमबार, पुष १६ २०७५

  • सानिमा बैंकको आँखा बिरामीलाई निशुल्क औषधि तथा चस्मा

    पोखरा- सानिमा बैंकको पोखरास्थित न्युरोड र बगर शाखाले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत २ सय आँखा बिरामीलाई निशुल्क औषधि तथा चस्मा वितरण गरेको छ। उक्त शिविरको पोखरा महानगर २० का वडा अध्यक्ष सिम बहादुर गुरुङ्गले उद्घाटन गरे।

    हिमालय आँखा अस्पतालको प्राविधक सहयोगमा यही महेन्द्र माद्यमिक विद्यालय परिसरमा आँखा शिविर आयोजना गरी ३ सय जनाको आँखा परीक्षण गरिएको बैंकले जनाएको छ। परीक्षणमा आएकामध्ये ७ जना मोतिया बिन्दुका बिरामीलाई थप उपचारका लागि हिमालय आँखा हस्पीटलमा सिफारिस गरिएको छ।

    सानिमा बंैकका हाल देशभर ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६९ वटा एटिएम संचालनमा छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij