Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कृषि विकास बैंकको सिइओमा उपाध्याय नियुक्त


  • बुधबार, पुष ११ २०७५

  • कृषि विकास बैंकको सिइओमा उपाध्याय नियुक्त

    काठमाडौं– कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अनिलकुमार उपाध्याय नियुक्त भएका छन् । चार वर्षे कार्यकालका लागि खुला प्रतिस्पर्धाको प्रक्रियाबाट उपाध्याय सिइओ नियुक्त भएका हुन् ।

    बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाको कार्यकाल गत मंसिर २७ गते सकिएको थियो । उनको कार्यकाल सकिनै लाग्दा बैंकले मंसिर २३ गतेसम्म नयाँ सीइओका लागि आवेदन माग गरेको थियो । कृषि विकास बैंकको सीइओ हुनका लागि बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वित्तीय, वाणिज्यशास्त्र, प्रसाशन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।
    बैंकमा प्रमुख कार्यकारी अधिकृत पदका लागि १७ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ जनालाई सर्ट लिस्ट गरी ती ५ मध्येबाट उपाध्यायलाई छनौट गरिएको हो । कृषि विकास बैंकका सीइओको मासिक तलव २ लाख ५० हजार रुपैयाँ हुने जनाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij