Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विना अनुमति ड्रोन क्यामेरा उडाउने ३ जना पक्राउ


  • सोमबार, पुष ९ २०७५

  • विना अनुमति ड्रोन क्यामेरा उडाउने ३ जना पक्राउ

    ललितपुर– ललितपुर महानगरपालिका-१५ लगनखेलमा विना अनुमति ड्रोन क्यामेरा उडाउने ३ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा काठमाडौं गंगाहिटी बस्ने सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय पदमबहादुर खड्का, काठमाडौं बानेश्वर बस्ने काभ्रे घर भएका ३२ वर्षीय विदुरप्रसाद आचार्य र भक्तपुर व्यासी बस्ने २६ वर्षीय रोशन दुवाल रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटिएको प्रहरीले ड्रोन क्यामरा १ थान र ड्रोन क्यामरा चलाउने रिपोर्ट ५ पाना सहित पक्राउ गरको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij