काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्री भन्ने ठाउँमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार बस दुर्घटनामा १ जना महिला र ९ जना पुरुषको शव बस अड्किएको स्थानमा फेला परेको छ ।
सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको ३ बा ४ ख ९७६६ नम्बरको बस सडकबाट करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
