Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नवलपरासीमा बस दुर्घटना हुँदा एकको मृत्यु, पच्चीस घाइते


  • बिहिबार, पुष ५ २०७५

  • नवलपरासीमा बस दुर्घटना हुँदा एकको मृत्यु, पच्चीस घाइते

    नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती– १४ मा बिहिबार बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
    काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नंको बस कावासोती–१४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो। बस खस्दा भारतको महाराजगञ्ज घर भएका ३५ वर्षीय गौरीशङ्कर धोवीको मृत्यु भएको छ।
    दुर्घटनामा परी घाइते भएका २५ मध्ये चारको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
    घाइते दुईको भरतपुर, दुईको बुटवल र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । करिब ३५ जना यात्रु सवार रहेको बस सडकदेखि २५ मिटर तल खसेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij