जनकपुर– भारतीय राज्य उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउन पाएकोमा आफूलाई धन्य ठानेको बताएका छन्।
बुधबार विवाह पञ्चमीमा जन्ति बनेर जनकपुर आएका आदित्यनाथले जानकी मन्दिरको आगन्तुक पुस्तिकामा लेखेका छन् – ‘विवाह पञ्चमीको पावन अवसरमा जनकपुरधाममा पूजा–अर्चना गर्ने र विदेहराज महाराज जनकको भूमिको यात्रा गर्ने अवसर मिलेकोमा स्वंयमलाई धन्य ठान्छु।’

साथै मुख्यमन्त्री आदित्यनाथले भगवान राम र सीताको जीवन दुबै देशको धर्म संस्कृति र सभ्यताको अभिन्न अंग भएको बताएका छन्।
रामजानकी विवाहोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट आउने जन्तीको नेतृत्व गर्दै आदित्यनाथ जनकपुरधाम आइपुगेका हुन्।
विवाहोत्सव कार्यक्रममा सहभागी भएपछि आदित्यनाथ आजै साँझ करिब पौने ६ बजे उत्तर प्रदेशको राजधानी लखनऊ फर्कने कार्यक्रम छ।
मुख्यमन्त्री योगीलाई विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सभामुख, उपसभामुख तथा मन्त्रिपरिषदको सदस्यहरूले स्वागत गरेका थिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
