Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विश्वमै दृष्टिकोणविहिन सरकारको रुपमा नेपाल परिचित भयो– कांग्रेस नेता विश्वकर्मा


  • मंगलबार, मंसिर १८ २०७५

  • विश्वमै दृष्टिकोणविहिन सरकारको रुपमा  नेपाल परिचित भयो–  कांग्रेस नेता  विश्वकर्मा

    काठमाडौं– प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता एवम् पूर्व मन्त्री मीन विश्वकर्माले विवादास्पद युनिभर्सल पिस फेडेरेशनले आयोजना गरेको कार्यक्रममा सरकार आफै सहभागी भएकोमा आपत्ति जनाएका छन् ।
    उनले विवादित संस्था यूपीएफले आयोजना गरेको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओली आफैं सहभागी भएबाट नेपाल सरकार विश्वमै दृष्टिकोणविहिन सरकारको रुपमा परिचित भएको दावी गरे ।
    राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता विश्वकर्माले यूपिएफ जस्तो कर छलीलगायतका आरोपमा फसेको संस्थालाई नेपालमा कार्यक्रम गर्न लगाएर सरकारले दुई छिमेकी मुलुक भारत र चीन तथा विश्वका कूटनीतिक महत्व राख्ने विभिन्न मुलुकहरुको नेपालप्रतिको विश्वासलाई समेत टुटाएको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij