काठमाडौं – काठमाडौं महानगरपालिका–६ नयाँ बस्तिमा सञ्चालित पुर्वेली गेष्ट हाउसको जुवा खालबाट प्रहरीले १३ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
आईतबार राती साँढे १० बजे अच्युत नेपालको घरमा सञ्चालित गेष्ट हाउसमा जुवा खेलाईरहेको सुचनाको आधारमा छापा मारेर १३ जुवाडेलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ ।
राम कार्किको स्वामित्वमा रहेको गेष्ट हाउसमा जुवाडेहरुले प्रगोग गरेको १६ थान कौडा सहित ५ लाख ३१ हजार नेपाली रुपैँया प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेहरु :
१. राज कुमार तिवारी, बारा
२. सुशिल क्षेत्री, चन्द्रागिरी नगरपालिका–२
३. नेरेन्द्र मिश्र, काठमाडौं–७
४. विशाल सुनार, सिन्धुपाल्चोक
५. जोन श्रेष्ठ, काठमाडौं–७
६. महेश कुमार राई, उदयपुर
७. राजु ब्लोन, शंखरापुर–८
८. मान बहादुर मगर, उदयपुर
९. केशव नेपाल, काभ्रे
१०. युवराज गुरुङ, खोटाङ
११. दिपक राई, उदयपुर
१२. हरी तिमल्सिना, उदयपुर
१३. राम कार्की, धादिङ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
