Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुटवलबाट २५ किलो चरेससहित चार जना पक्राउ


  • आइतबार, मंसिर १६ २०७५

  • बुटवलबाट २५ किलो चरेससहित चार जना पक्राउ

    बुटवल– प्रहरीले बुटवलबाट २५ किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ ।
    प्रहरीको बिशेष टोली र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त प्रहरीको टोलीले बुटवल उपमहानगरपालिका– ९ इँटा भट्टीबाट शनिबार राति १० बजे उनीहरूलाई पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा जाजरकोटका ४४ वर्षीय तिलक पुन, २८ वर्षीय टोपेन्द्र बोहरा, २८ वर्षीय प्रेम विक र बुटवल उपमहानगरपालिका(११ का ४० वर्षीय दिपेन्द्र घर्ती रहेका छन् ।
    प्रहरीले तिलक, दिपेन्द्र र टोपेन्द्रबाट ६र६ किलो र प्रेमबाट ७ किलो गरी २५ किलो चरेस बरामद गरेको हो ।
    उनीहरूले आधा– आधा किलोग्रामका ५० लाप्सा बनाइ बाँडेर झोलामा राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij