Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विद्युत् चोरी गर्ने २६ जना पक्राउ


  • शुक्रबार, मंसिर १४ २०७५

  • विद्युत् चोरी गर्ने २६ जना पक्राउ

    लहान–नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ।

    वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। विद्युत् चोरी गरी चुहावट गरिरहेको अवस्थामा टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडी बढाइएको केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए।

     पक्राउ गरिएका सबैमाथि विद्युत् चुहाबट ऐनअन्तर्गत कारवाही गरी जरिवानाबापत २ लाख २६ हजार राजश्व सङ्कलन भएको प्रमुख यादवले बताए। उनका अनुसार सो क्रममा चार थान विद्युत् मिटर, दुई थान पङ्खा, एक थान टेलिभिजन र एक थान रन्दा मेसिन(काठको काम गर्ने) लगायतका समान समेत बरामद गरिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij