Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चरेससहित भारतीय नागरिक शेख पक्राउ


  • शुक्रबार, मंसिर १४ २०७५

  • चरेससहित भारतीय नागरिक शेख पक्राउ

    वीरगञ्ज । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म वीरगञ्जले आज तीन किलो चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारतको कोलकाताका ३६ वर्षीय इकवाल शेख रहेका छन् ।

    वीरगञ्ज नाकाबाट रक्सौलतर्फ तीन प्लास्टिकमा लुकाइछिपाइ लगिरहेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले जानकारी दिए ।

    शेखलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा लगिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij