Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने


  • आइतबार, फाल्गुन २० २०८०

  • फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने

    काठमाडौं– टी-२० त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ। नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाले रद्द भएसँगै फाइनलमा भिड्ने टिमको टुंगो लागेको हो। मंगलबार अब कीर्तिपुरस्थित त्रिवि मैदानमा  नेपाल र नेदरल्यान्ड्सबीच उपाधीका लागि प्रतिस्पर्धा हुनेछ ।

    अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट पाँच अंक जोड्दा नेपालको चार अंक छ। नामिबियाले भने तीन अंक मात्र जोड्न सफल भयो। लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको सुरूवाती दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जित निकालेको थियो।

    आइतबार नामिबिया र नेदरल्यान्ड्सबीचको खेलको पहिलो इनिङ्ग्सको १५ ओभर सकिदा वर्षाले रद्द भयो। केहि समयमा वर्षा रोकिए पछि कभर हटाउन खोजिएको थियो । तर पुन वर्षा भएपछि खेल रद्द भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij