२०५९ माघ-फागुनको कुरा हो। तत्कालीन माओवादी र सरकार वीच युद्धविराम घोषणा भयो!
मेरो नेतृत्वमा माओवादी वार्ता टोली गठन भएर काठमाण्डौमा खुला हुने निर्णय भयो।
खुला हुने दिन कुन भेषमा प्रस्तुत हुने? भन्ने प्रश्न उठ्यो! वार्ता भंग भएर फेरि भूमिगत हुनुपर्ने हुनसक्थ्यो।
टोरबहादुर रायमाझीकी पत्नी माया रायमाझी संगै हुनुहुन्थ्यो! मैले भने- ‘ लौ बैनी, तपाईंले आइडिया निकाल्नोस् त! जे मनलाग्छ बजारबाट ल्याउनोस्।’
वहाॅले यही टोपी सहितको ड्रेस किनेर ल्याउनुभयो! हामी चैतमा काठमाण्डौमा यही टोपी सहित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सार्वजनिक भयौं!
चार महिना पछि वार्ता भंग भएर हामी पुनः भूमिगत भयौं!
टोपी चाहिं ‘ बाबुराम टोपी’ को ब्राण्ड बनेछ !
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
