काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले कांग्रेसका दिवंगत नेता गिरिजा प्रसाद कोइराला प्रति कटु आलोचना गर्दै टिप्पणी गरेका छन । कोइरालाको स्मृति दिवसको दिन मिश्रले गरेको टिप्पणी यस्तो छ ।
आज उहाँको स्मृति दिवस रहेछ!
उहाँलाई म यसरी सम्झिन्छु:
१। काँग्रेसको ‘वीपीपथ’को उचाइलाई ‘जीपीपथ’ मा झारेर ‘प्रचण्डपथ’ मा विलय गराउने नेता।
२। राजासँगको चरम असन्तुष्टि र रीसको आवेगमा देशको दीर्घकालीन हित मैँ घात गर्ने नेता।
३। राजासँगको रीसको सुरमा देशको पहिलो राष्ट्रपति बनाउने ‘प्रचण्ड ललिपप’मा फसेका नेता।
४। नारायणहिटी दरबार भत्काएर त्यसको ठाउँमा विदेशी दरबार निर्माण गर्ने नेता।
५। बहूदलीय प्रजातन्त्रको जगलाई काण्डैकाण्ड, षडयन्त्रै षडयन्त्र, नातावाद/कृपावाद, असक्षमता, कूशासन र भ्रष्टाचारले ध्वस्त बनाइदिने नेता।
६। गाउँमा माओवादी आगो सल्किँदै गर्दा संसदमा सांसद किनबेच, धमिजा/लाउडा काण्ड गर्ने, प्रशासनदेखि, न्यायलयदेखि, स्कूल र विश्वविद्यालयदेखि, समाजको हरेक पत्रलाई दलीयकरण गरेर समाजलाई सदाका लागि पतित बनाउने ‘एकजना प्रमुख’ नेता।
७। सरकारी उद्योगहरूलाई संसारका अन्य देशमा पनि बेलाबखत निजीकरण गरिन्छ। तर तिनलाई निजीकरण गर्दा ती सधैँ ध्वस्त/बन्द हुँदैनन्। तर सङ्क्रमणको राम्रो योजना नै नबनाइ निजीकरणको नाममा अमूल्य राष्ट्रिय उद्योगहरू ध्वस्त पार्ने नेता।
सर्रर्र दिमागमा आएको यही हो। छुटेका बुँदा सूचिकृत गर्न अनुरोध गर्दछु।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
