काठमाडौं – वहालवाला मन्त्रीले अख्तियार दुरुपयोग अनुशन्धान पुगेर भ्रष्टाचार मुद्दामा बयान दिएका छन । नेपाल दुरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद अनियमिततामा जोडिएका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले मंगलबार आन्तियार पुगेर बयान दिएका हुन । मंगलवार राति सम्मै उनको वयान चलेको थियो । उनी संचार मन्त्री हुँदा टेरामक्स प्रणाली खरिद प्रकरण भएको हो ।
उनी संगै कांग्रेस नेता एवं पूर्व संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की समेत मुछिएका छन । कार्कीले वयान दिइसकेका छन । बस्नेत र कार्कीले वयान दिन आलटाल गरे पछि आलोचन हुँदै आएको थियो । तत्कालीन संचार सचिव एवं वर्तमान मुख्य सचिव वैकुण्ठ अर्थाल र महेन्द्रमान गुरुङको समेत वयान भइसकेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
